Headlines News :
Home » » विश्व भरि यस्तो छ दशैँको चहलपल

विश्व भरि यस्तो छ दशैँको चहलपल



२८ असोज, काठमाडौं हिन्दु धर्मावलम्बीहरुको महान चाड विजय दशमीले सबै नेपालीका घर घरमा छोएको वर्षमा एक पटक आउने पर्व दसैंलाई हर्षोल्लासका साथ मनाउने निकै चटारो देश विदेशमा रहेका नेपाली हिन्दुधर्मावलम्बीहरुमा दसैं अब नेपाल भारतमा रहेका नेपाली समुदायमा मात्रै सीमित रहेन

नेपालमाझै आफ्ना घरपरिवार छोराछोरी श्रीमती दाजुभाइ तथा दिदीबहिनीहरुसंग बसेर टीकाटालो तथा रमाइलो गर्न नपाए पनि प्रवासमा रहेका नेपालीहरुले फरक कार्यक्रम गरेरै भए पनि दसैं मनाउने गरेका छन् दसैंको अवसरमा विदेशमा रहेका नेपालीहरुले हिन्दु धर्मालम्बीहरुको महान चाड बडा दसैं विभिन्न साँस्कृतिक कार्यक्रम गरी मनाउँदै छन् उनीहरुले महान चाड दसैं स्वदेश आएर दसैं मानाउने चाहना विभिन्न परिवन्दले नपाएपनि विदेशमै रहेर पनि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु एकैथलोेमा जमघट भएर मनाउन थालेका हुन् कहाँ, कसरी मनाइँदै दसैं -
युएईमा नेपालीको दसैं

दसैंको अवसरमा उल्लेख्य नेपाली कामदारहरु रहेको मुलुकमध्ये युएई पनि हो युएईमा रहेका नेपालीहरुले विभिन्न कार्यक्रम गरी दसैं मनाउँदैछन् दसैंकै अवसरमा अक्टोबर १३ तारिख फुलपातीका दिन नेपाली समाज युएई, नेपाली विश्व सहयोग संघ चितवन समाज युएईले संयुक्तरुपमा दुबईमा दसैं विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरेका छन्

विजया दशमीको शुभकामनासहित दुबईको अस्टोरिया होटेलमा साँस्कृतिक कार्यक्रम आयोजना गरेका हुन् कार्यक्रममा चर्चित गायक मिलन लामा एउटा मात्र खुट्टाले नृत्य गर्ने कलाकार रोमा न्यौपाने युएई पुगेकी छन् यस्तै युएईमा रहेका अन्य नेपाली संघ संस्थाहरुले पनि दसैं विशेष विभिन्न कार्यक्रम आयोजना गरेका छन्


बेलायत
बेलायतमा पनि नेपाली दूतावासले दसैंको अवसरमा एक विशेष कार्यक्रम आयोजना गरेको दूतावासले बेलायतभरका नेपालीहरुलाई दसैंं मनाउन निम्तो समेत गरेको नेपाली दूतावासले दसैंको अवसरमा दिवा भोज आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाली राजदूतले बेलायतवासी नेपालीहरुलाई आव्हान गर्नुभएको

कार्यक्रम नवमीका दिन दूतावास भवन १२ केञ्जिङ्टन प्यालेस गार्डेन्समा हुनेछ यसैगरी बेलायतमा रहेका नेपाली संघसंस्थाहरुले पनि दसैं विशेष कार्यक्रम आयोजना गरेका छन् दसैंमा नेपालमा आफ्ना परिवार आफन्तसंग बसेर दसैं मनाउन नपाइएपनि विदेशमै रहेर नेपालको झझल्को दिने उदेश्यले नेपालीका संघसंस्थाहरुले कार्यक्रम आयोजना गरेको छन्


फिनल्यान्ड
अन्य मुलुकमा रहेका नेपालीहरुले झै फिनल्यान्डमा रहेका नेपालीहरुले पनि दसैं एकै थलोमा जम्मा भएर मनाउँदैछन् स्वदेशमा छँदा झै दसैंमा आफ्ना आफन्त, परिवार तथा साथीभाईसंग रमाइलो गर्न नपाएपनि विदेशमै रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुसंग एकआपसमा शुभकामना आदान प्रदान तथा मिठा मिठा परिकार खाादै मनाउादै छन्

दसैंको अवसरमा फिनिस नेपाली समाज फिनल्यान्डले राजधानी हेल्सिन्कीमा एक विशेष कार्यक्रमको आयोजना गरेको समाजले दसैंकै टीकाको दिन पारेर साँस्कृतिक कार्यक्रमका साथमा दसैं कार्यक्रम आयोजना गरेको हो कार्यक्रममा नेपाली नाचगान, पञ्चेवाजा, विविध मनारञ्जनात्मक प्रस्तुतिहरुका अलावा नेपाली खानाहरुको समेत व्यवस्था गरिएको अन्य देशको तुलनामा फिन्ल्यान्डमा थोरै नेपाली भएपनि अन्य केही नेपाली संघसंस्थाले पनि दसैं विशेष कार्यक्रम आयोजना गरेका छन्


कोरिया
रोजगारीको आकर्षक गन्तव्यको रुपमा चिनिने दक्षिण कोरियामा काम गर्न जाने नेपालीहरु विस्तारै बढ्दै गएका छन् कोरियामा रहेका नेपालीहरुले हरेक वर्ष झै नेपालीहरुको महान चाड वडा दसैं यसवर्ष पनि विभिन्न कार्यक्रममा गएर मनाउने छन् कोरियामा क्रियाशिल नेपाली संघसंस्थाले विभिन्न दसैंँ विशेष कार्यक्रमको आयोजना गरेका छन्

दसैंको अवसरमा दक्षिण कोरियामा रहेको फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र माइग्रेन सेन्टरले अक्टुबर १३ तारिख अर्थात नवमीको दिन नेपालीहरुवीच सामूहीक दसैंँ कार्यक्रम आयोजना गरेको कार्यक्रममा विजया दशमीको शुभकामना आदान प्रदान गर्दै नेपाली परिकारका खाना खुवाउने कार्यक्रम रहेको सेन्टरका अध्यक्ष सुवर्ण चौलागाइँले जानकारी दिनुभयो यसैगरी दसैंँको अवसरमा गैरआवासीय नेपाली संघ दक्षिण कोरिया कास्की परिवारले संयुक्त दसैंँसहित नमस्ते व्याण्डको लाइभ कन्सर्ट आयोजना गरेका छन्

एनआरएन कोरियाले दसैंँ विशेष कार्यक्रम आयोजना गरेकै दिन कास्की परिवार कोरियाले नमस्ते व्याण्डको लाईभ कन्सर्ट आयोजना गरेपछि कार्यक्रम बाझिने भएकाले संयुक्तरुपमा आयोजना गरिएको हो

लाईभ कन्सर्ट व्याण्डका मेन भोकलिस्ट ईश्वर गुरुङसहित सम्पूर्ण व्याण्डका सदस्यहरुले कोरियामा रहेका नेपालीहरुलाई भरपुर मनोरन्जन दिएका छन् कार्यक्रम सउलको जोङ्गनो कुछङ्ग हलमा नमस्ते व्याण्डको लाईभ कन्सर्ट सहित दिवा भोजको पनि व्यावस्था गरिएको बताइएको सोही दिन नै झापा मिलन समाज कोरियाले पनि दसैं विशेष कार्यक्रमको आयोजना गरेको थियो


कतार
रोजगारीको शिलशिलामा नेपालीहरु जाने आकर्षक गन्तव्य हो कतार खाडी मुलुक भएपनि राम्रो कमाई हुने भएकाले नेपालीहरुले मलेसिया, युएई पछि जाने थालो बनेको हो कतार उल्लेख्य नेपाली कामदार रहेको कतारमा रहेका नेपालीहरुले भने महानायक राजेश हमाल, नायिका सुमिना घिमिरे, गायिका तथा नायिका कोमल ओली, लोकगायक खुमन अधिकारी लगायत ११ जना नेपाली चर्चित कलाकारहरुसंग रमाइलो गरेर दसैं मनाउँदैछन्

दसैंको अवसरमा कतारमा मल अफ एशियाको आयोजनामा दसैंको अबसरमा नेपाली शुभकामना साँझ आयोजना गरिएको कार्यक्रम अक्टुबर १५ तारिखमा दोहा १६ तारिखमा अल्खोरमा हुने कार्यक्रममा महानायक राजेश हमाल, नायिका सुमिना घिमिरे, गायिका तथा नायिका कोमल ओली, गायक शिव परियार, लोकगायक खुमन अधिकारी लगायतका कलाकारहरुले मनोरञ्जन दिनेछन् यसैगरी रोल्पा जलजला सांगितिक समूहले दसैंकै अवसरमा थकाली सम्सारा भान्छाघर हरि पुन देवीका केसी गुरुङको प्रस्तुतीमा कार्यक्रम गरेको कार्यक्रम अक्टुबर १५ तारिखमा अल अरबी भलिवल क्लबमा हुने कार्यक्रममा देवीका गुरुङ, राधिका हमाल, गायक हेमन्त शर्मा, नायिका पुजना प्रधान लगायतका कलाकारको प्रस्तुती रहने

यस्तै दसैं तथा बकर इदकै अवसरमा खोटाङ हलेसीले बक्री इद सांगितीक साँझ कार्यक्रम आयोजना गरेको यी कार्यक्रमका अलाबा अन्य नेपाली संघ संस्थाले पनि दसैं विशेष कार्यक्रम आयोजना गरेका छन् यस्तै अन्य जापान, मलेसिया, अष्ट्रेलियालगायतका देशमा रहेका नेपालीहरुले पनि दसैं विभिन्न कार्यक्रममा सहभागी भएर मनाउँदैछन्

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार