|
|
|
|
२८ असोज, काठमाडौं । प्राय दशैंमा अमेरिका पुग्ने नायक राजेश हमाल यो बर्ष भने कतारमा छन् । कतारमा आयोजना भएको लागेको दशैं विशेष सांकृतिक कार्यक्रममा सहभागी हुन हमाल त्यहां पुग्नु भजएको हो । दशैंमा आखिर उनी किन अमेरिका जान्छन् त ? दशैंलाई उनले कसरी याद गर्छन्, उनकै भाषा दशैं :
यसपालिको दशैं मेरो असाधारण तबरले वित्दैछ । असाधारण यस अर्थमा कि अन्य बर्षको दशैंमा म अमेरिका जान्थेँ तर यसपटक छोटो अवधिका लागि कतार छु । कतारमा रहनु भएका नेपालीहरुको साथमा खुशी साट्दै दशैं मनाइ रहेको छु । मलाई दशैंमा खासै नेपाल बस्न मन नै लाग्दैन । किनकी दशैंको टिकाको दिनमै मेरो मुमा वित्नु भएकाले पनि श्राद्ध गर्नुपर्छ । टिकाको भोलिपल्टदेखि बल्ल टिका लगाउनु पर्ने भएकाले पनि खासै उत्साह लाग्दैन । यसैले पनि अमेरिकामा मेरो दिदी र बैनी भएकाले त्यता नै जान मन लाग्छ ।
मेरो बचपनको दशैं विशेष थियो । दशैं आउनु भन्दा एक महिना अघिदेखि नै हावाको गन्ध नै अर्को हुन्थ्यो । कसकसको घरमा जाने, कति पैसा जम्मा गर्ने भनेर हामी योजना बनाउथ्यौँ । मेरो बुवा प्रायः विदेशमा नै पुग्ने भएकाले पनि हामी पनि जान्थ्यौ । हाम्रो चलन के थियो भने दशैंमा खसी ढालेर खानै पर्छ । यसैले पनि यूरोपमा खसी नपाइने हुँदा गाउँ गाउँमा पुग्नु पथ्र्यो । एक हप्तादेखि नै खसी खोजेर ल्याउने अनि काटेर खाने गथ्र्यौ । यसरी खसी खाँदा महाभारत नै जिते जस्तो लाग्थ्यो ।
दशैंको परम्परा निक्कै रमाइलो छ । बचपनको जस्तो प्रत्यक्ष संलग्नता त अहिले मेरो हुँदैन । तर पनि एक प्रकारले खुशीको अनुभुती हुन्छ । मेरो दशैंमा खासै खर्च हुँदैन । किनकी घरमा एक्लै भएकाले पनि म रकम यति नै खर्च गर्छु भनेर छुट्टयाउदिन । खसी ढाल्ने उत्साह अहिले छैन, नयाँ कपडा प्राय सधै किनिन्छ, यसैले पनि त्यस्तो खर्च हुँदैन । तर दशैं र तिहारको मौका छोपेर विदेश जाने भएकाले खर्च नहुने त कुरै भएन ।
अब प्रेममा परेपछि मधु जीले अरु बेलामा मलाई भेटे पनि दशैंमा त कसरी भेट्न पाउनुहुन्छ र ? उहाँलाई मैले बस भने पनि आफ्नै घरमा जानुहुन्छ । अर्को बर्षको दशैंमा ससुराली आश गरौँ तर भर नपरौँ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !