Headlines News :
Home » » हिरा भन्दा पनि कडा पदार्थ पत्ता लाग्यो (फोटो सहित)

हिरा भन्दा पनि कडा पदार्थ पत्ता लाग्यो (फोटो सहित)



वैज्ञानिकहरुले पृथ्वीमा रहेका मध्ये अहिलेसम्मकै सबैभन्दा कडा पदार्थ फेला
पारेका छन् उनीहरुका अनुसार कार्बाइन नामक उक्त पदार्थ हिरा तथा ग्रेफिन भन्दा निकै कडा पृथ्वीमा भएका पदार्थहरुमध्ये अहिलेसम्मकै सबैभन्दा कडा पदार्थ हो शोधकर्ताहरुका अनुसार यो कार्बाइन नामक पदार्थमा केही विशेष असाधारण गुण छन् अमेरिकाको टेक्सासस्थित राइस विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार यो कार्बाइन पदार्थ खासमा कार्वन परमाणुहरुको एक श्रृंखला हो जसमा कार्वनका परमाणुहरु एक अर्कोमा दुइ वा तिन वटा रासायनिक बण्ड मार्फ जोडिएका हुन्छन् पृथ्वीमा रहेका पदार्थहरुमध्ये ग्राफिनलाई अहिलेसम्म सबैभन्दा कडा पदार्थको रुपमा मानिएको थियो यसमा समानान्तर कार्वन परमाणुहरुको श्रृंखला हुन्छ निकै कडा भएकाले यसलाई सुपर मेटेरियल भन्ने गरिएको तर काबाइन ग्राफिन भन्दा दोब्बर मजबूत रहेको शोधकर्ताहरु बताउँछन् वैज्ञानिकहरुले यसभन्दा पहिले नै पत्ता लगाएका थिए की ग्रेफिनको एक पातलो पत्रलाई तोड्नका लागि पेन्सिलको टुप्पोजत्रो तिखो वस्तुमा समेत एक हात्तिको वजन बराबरको बल लगाउनु पथ्र्योँ तर कार्बाइनको पत्र तोड्नलाई त्यसको दोब्बर बल लगाउनु पर्छ कार्बाइन हिरा भन्दा तेब्बर कठोर हुने बताइएको शोधकर्ताहरुका अनुसार कार्बाइनलाई चुम्बकीय सुपरकण्डक्टरमा बदल्न सकिन्छ यसभन्दा पहिले पनि केही वैज्ञानिकहरुले प्रयोगशालामा कार्वाइन बनाउन सफलता प्राप्त गरेका भएपनि उक्त पदार्थको प्रकृति निकै अस्थिर थियो शोधकर्ताहरुका अनुसार चाप तथा दबाबको स्थितिमा कार्बाइन स्थिर रहन्छ तथापि यसको ठूलो परिमाणमा उत्पादन गर्न सकिने कुरामा भने आशंका -

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार