Headlines News :
Home » » इन्डियामा भागदौड हुँदा ८९ मृत्यु (फोटो सहित)

इन्डियामा भागदौड हुँदा ८९ मृत्यु (फोटो सहित)



रत, २७ असोज भारतको मध्यप्रदेशको दतिया जिल्लाको रत्नगढ मन्दिरअगाडि एक पुलमा आइतबार भएको भागदौडमा कम्तीमा ८९ व्यक्तिको मृत्यु भएको जानकारी प्रहरीले दिएको भने दर्जनौँ व्यक्ति पुल तल खस्न पुग्दा मर्नेको संख्या बढ्नसक्ने अनुमान गरिएको स्थानीय प्रहरी उपमहानिरीक्षक डी.के. आर्यले ८९ व्यक्ति मरेको पुष्टि भएको मर्नेको संख्या सय पुग्नसक्ने अनुमान गरिएको बताए आर्यले थप सय व्यक्ति घाइते भएको बताए बिहानको खाना खाने समयमा एउटा ट्र्याक्टर पुलमा ठोकिएपछि उक्त पुल भत्कनसक्ने हल्लामा भागदौड चलेको आर्यले बताए


उनले निकै व्यक्ति नदीमा खसेको उनीहरूको अवस्था थाहा हुननसकेको बताए प्रहरीका अन्य स्रोतले सिन्ध नदीमाथि रहेको उक्त पुलमा भागदौडको समयमा करिब २० हजार व्यक्ति रहेको अनुमान गरिएको जानकारी दिएका छन् उक्त पुलको दायाँबाँया बिहान सबेरैदेखि ठूलो भीड लागेको प्रत्यक्षदर्शीले बताए भोपालबाट करिब सय ५० किलोमिटर उत्तरमा रहेको दतिया जिल्लाको उक्त मन्दिरमा दुर्घटनाको समयमा करिब चार लाख भक्तजन जम्मा भइसकेको बताइएको

प्रहरीले भीडमा लाठी प्रहार गर्दा परिस्थिति अझै बिग्रिएको भारतीय टेलिभिजन सञ्जाल एनडीटीभीले घटनास्थलमा रहेका स्रोतलाई उद्धरण गरी उल्लेख गरेको आर्यले भने प्रहरीले लाठी प्रहार नगरेको बताए टाइम्स अफ इन्डियाले उद्धार कार्यबाट दिक्क भएका भीडले प्रहरीमाथि ढुङ्गा हानेको देखिएको समाचार दिएको

उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा सवारीका साधनको घुँइचोका कारण घाइतेलाई अस्पताल लैजाने कार्यमा समस्या देखिएको थियो यसबीच पनि करिब २० चिकित्सक घटनास्थलमा पुग्न सफल भएको नजिकैको अस्पताल घाइतेको उपचारका तयार बनाइएको उक्त समाचारपत्रले आफ्नो वेबसाइटमा उल्लेख गरेको

आज भारतमा हिन्दूहरू नवरात्री चाड मनाउँदै छन् यस दिन हिन्दू देवी दुर्गाको पुजा गरिन्छ सत्ताधारी कंग्रेस पार्टीका नेत्री सोनिया गान्धीले उक्त घटनाबाट पीडितप्रति समवेदना प्रकट गर्नुभएको राष्ट्रिय विपत्ति व्यवस्थापन प्राधीकरणका प्रवक्ता तृप्ती पारुलले आफूहरूले फाइलिनले व्यापक क्षति पु-याउने अनुमान गरेको तर त्यसो नभएको बताइन्


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार