Headlines News :
Home » » बिश्वकै सबैभन्दा जब्बर महिला (फोटो सहित)

बिश्वकै सबैभन्दा जब्बर महिला (फोटो सहित)



२६ असोज, काठमाडौं फोब्र्स म्यागेजिनका अनुसार अहिले विश्वकी सबैभन्दा शक्तिशाली महिला जर्मन चान्सलर एन्जेला मर्केल हुन् राजनीतिक तथा आर्थिक लगायतका शक्तिको आधारमा मर्केल विश्वकी सबैभन्दा शक्तिशाली महिला बनेकी हुन् तर सरीरको शक्ति, सामाजिक संस्कार तथा प्रथाहरुको समन, संघर्षका हिसाबले भन्ने हो भने विश्वमा अरु महिलाहरु नै सबैभन्दा शक्तिशाली तथा बलशाली होलान्



 

इथियोपियाको एक आदिवासी समुदायका महिलाहरुलाई यो अर्थमा सबैभन्दा सहनशील, बलशाली तथा जब्बर महिलाको सूचिमा एक नम्बरमा राख्दा फरक पर्दैन उनीहरु जुन सामाजिक संस्कारबाट जिइरहेका छन् त्यसलाई हेर्दा यो संसारमा ती महिला जति शक्तिशाली तथा सहनशील महिला अरु कुनै छैन ढाडभरि खैरो रातो तथा कालो रंगका घाउका धर्साहरु बोकेका यी महिलाहरु इथियोपियाको हामार आदिवासी समुदायका महिलाहरु हुन् यी घाउका धर्साहरु परम्परा अनुसार उनीहरुको क्षमता जाँच्नका लागि रक्ताम्य हुनेगरी कुटिने रीतिका दशी प्रमाण हुन् यो परम्परामा महिलाहरुलाई रुन मनाही हुन्छ पुरुषहरुले विभिन्न खाले घरेलु हतियारले ढाडमा हिर्काइरहन्छन् चोटबाट भाग्नुको साटो उनीहरुले पुरुषहरुलाई



 

आफुलाई अझै प्रहार गर्न आग्रह गर्छन् जबसम्म सरीरबाट रगत बगेर ओमो उपत्यकाको रातो माटोमा खस्छ फ्रान्सका फोटोग्राफर इरिक ल्यार्फजले इथियोपियाको ओमो उपत्याकाका यी हामार आदिवासी महिलाको उक्त क्रुर संस्कारको क्रुरता तथा सुन्दरतालाई तस्वीरमा उतारेका छन् महिलाहरुलाई घरमा भाइको जन्म हुँदा, आफ्नो बिहे अघि तथा बच्चा जन्मिनु अघि यस्तो कठीन कुटाइको परीक्षाबाट गुजि्रनुपर्छ यसले ती महिलाको पुरुष सदस्यप्रतिको समर्पणलाई इंगित गर्छ कम्तिमा दुइ सन्तान नजन्मिँदासम्म महिलाले दैनिक जसो यस्तो भोग्नुपर्ने बताइन्छ अन्य मानव समुदायमा कान्छी श्रीमती बढि प्यारी हुने भएपनि यो समुदायमा भने जेठी श्रीमती सर्वश्रेष्ठ हुन्छे पछि ल्याएका अरु श्रीमतीहरु उसको अधिनमा रहन्छन् एक किसिमले दासको जस्तै जिन्दगी जिउनुपर्छ जेठीकै खटनपटन हुन्छ यो समुदायमा महिलाले मात्र होइन पुरुषले पनि कठीन परीक्षा दिनुपर्छ उनीहरुले पन्ध्रवटा गाइलाई नाघेर दौडिनुपर्छ त्यसक्रममा गोबरमा कुल्चिँदा लड्ने खतरा हुन्छ तर लड्न पाइन्न लडियो भने त्यहाँ उपस्थित महिलाहरुले उसलाई कुटपिट


 



 


गर्छन् विवाह भन्दा अगाडि यस्तो परीक्षा दिनुपर्छ १५ वटा गाइ नाघ्ने परीक्षा पास गर्यो भने मात्र पुरुषले विवाह गर्न पाउँछ, फेल भएमा रामधुलाई खानुपर्छ -

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार