|
|
|
|
तेह्रथुम, २७ असोज । तेह्रथुम सदरमुकाम म्याङ्लुङ्ग बजार र आठराई छातेढुंगाको डेउडी बजारमा शनिबार राती भिषण आगलागी भएको छ । आगलागीमा ११ वटा घर जेलर ध्वस्त भएका छन् । आगलागीमा म्याङ्लुङ्ग बजारमा आठ वटा र डेउडी बजारमा तिन वटा घर ध्वस्त भएको हो । आगलागीमा म्याङ्लुङ्ग बजारका चिरञ्जिबीमान श्रेष्ठको पाँच वटा, जयप्रसाद ढकाल र रघुनाथ श्रेष्ठको एक/एक वटा घर ध्वस्त भएको प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताउनुभयो ।
उहाँका अनुसार आगो नियन्त्रण गर्ने क्रममा घर भत्काउदा नगेन्द्र तिम्सिनाको घर पनि क्षतिग्रस्त भएको छ । आगलागीमा ११ वटा पसल जलेका छन् । आगलागीमा दुई वटा ढाका पसल, इलेक्ट्रोनिक्स पसल, भाँडा पसल, कस्मेटिक, फेन्सी तथा रेडिमेड कपडा पसल, तिन वटा होटल, दुध डेरी, माछा–मासु जलेर नष्ट भएको प्रजिअ पराजुलीले जानकारी दिनुभयो ।
आगलागीमा भएको क्षतिको विवरण संकलन गर्ने काम भैरहेको प्रहरी नायव उपरिक्षक उमाशंकर पञ्जियारले बताउनुभयो । बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । स्थानीय क्षितिज राईको फेन्सी पसलबाट राती करिब १ बजेतिर शुरु भएको आगो करिब नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैगरी आठराई छातेढुंगाको डेउडी बजारमा भएको आगलागीमा डेउडी बजारका प्रह्लाद उप्रेति, अरुण कन्दङ्वा र खगेन्द्र तामाङ्गको घर नष्ट भएको प्रहरीले जनाएको छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !