Headlines News :
Home » » हिन्दु धर्मको महानचाड विजयदशमीको आज घटस्थापना

हिन्दु धर्मको महानचाड विजयदशमीको आज घटस्थापना



पञ्चाङ्ग निर्णायक समितिले जनाएको विजयदशमीको पहिलो दिन घटस्थापनामा दुई महत्वपूर्ण कृत्य (कार्य) गर्ने गरिन्छ पहिलो सबै नेपालीको घरघरमा जमरा राखिन्छ भने दोस्रो घटकलशको स्थापना गरी देवीदेवताको आह्वान गरिन्छ

असोज शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ यस दिनदेखि नवरात्री आरम्भ हुन्छ असोज शुक्ल प्रतिपदा आजदेखि (कात्तिक ) पूर्णिमासम्म १५ दिन नेपालीका घर आँगनमा आ–आफ्ना विधि परम्पराअनुसार दुर्गा भवानीको पूजा–आराधना गरी दसैँ हर्षोल्लासका साथ मनाइँदैछ

घटस्थापनाको पहिलो दिन झिसमिसेमै आत्माशुद्धि पछि नदी खोला, बगर अथवा आफूलाई पायक पर्ने स्थानबाट वालुवा या माटो ल्याई जमरा राखिन्छ जमरा राख्नुपूर्व पूजा कोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता

देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन जमरालाई समृद्धिको प्रतीक मानिन्छ त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ

आजै बिहानको निश्चित साइतमा समस्त भक्तजनले पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक दियो कलश गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ मकै रोप्ने गर्छन् असत्यमाथि सत्य आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्र्तगत नवरात्रीको उपलक्ष्यमा आजदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ

प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न देवदेवीका अतिरिक्त विशेष गरी शक्तिस्वरूपा दुर्गा भवानीलाई शैलीपुत्र, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुक्ष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी बुद्धिदात्रीका रूपमा पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाको नामले पनि प्रचलित परम्पराअनुसार, घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ गरिन्छ

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार