|
![]() |
काठमाडौं, २२ असोज । विश्व सुन्दरी प्रतियोगिताको ६३ वर्षको इतिहासमा नेपालबाट सहभागी भई उत्कृष्ट दश स्थानभित्रै पुग्न सफल मिस नेपाल इसानी श्रेष्ठ मंगलबार स्वदेश फर्किनुभयो । इन्डोनेसियामा गत सेप्टेम्बर ३० तारिखमा मिस वल्र्ड–२०१३ मा प्रतियोगिता भएको थियो । सन् १९९७ देखि नेपालले उक्त प्रतियोगितामा भाग लिँदै आएको हिँडेन ट्रेजरका अध्यक्ष गोपाल कक्षपतिले जानकारी दिनुभयो ।
एक्काइस वर्षीय मिस नेपाल इसानी श्रेष्ठ मिस वल्र्ड–२०१३ प्रतियोगिता सहभागी भई विभिन्न चरणमा भएको छनौटबाट १० औं स्थानभित्र परेको उल्लेख गर्दै उहाँले विश्वका अन्य मुलुकको तुलनामा नेपाल केहीमा पनि कमी नभएको र नेपाललाई चिनाउन आफूसँग धेरै शक्ति रहेको बताउनुभयो ।
हिँडेन ट्रेजरद्वारा आयोजित पत्रकार सम्मेलनमा आफूले मिस वल्र्ड प्रतियोगितामा १० औं स्थापनासम्म हात पार्न सफल भएको श्रेय हिँडेन ट्रेजर, परिवारका सम्पूर्ण सदस्य तथा नेपालीहरूको माया नै भएको बताउनुभयो ।
मिस वल्र्ड–२०१३ मा सहभागी हुँदा नेपाललाई विश्वसामु गौतम बुद्ध जन्मेको देश, सगरमाथाको देश र विभिन्न कला संस्कृतिको धनी देशको रूपमा परिचय गराउन सफल भएको बताउँदै मिस वल्र्डले आफूलाई धेरै नै माया ममता गरेको बताउनुभयो ।
बाबुकाजी श्रेष्ठ र भेनस श्रेष्ठकी जेठी छोरी इसानी श्रेष्ठ कक्षा ८ सम्म काठमाडौँको त्रियोग उच्च माविमा अध्ययन गरेको र १० जोड दुईसम्म अमेरिकामा अध्ययन गरेको तथा हाल सामाखुसीस्थित पिपुल्स डेन्टल कलेजमा अध्ययनरत रहेको इसानीकी हजुरआमा शान्ति साखः श्रेष्ठले जानकारी दिनुभयो ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !