Headlines News :
Home » » दशैको मासु खादा ध्यान दिनु पर्ने

दशैको मासु खादा ध्यान दिनु पर्ने



शैँ नै त्यस्तो चाड हो जसमा धेरैको पेटमा मिठो खानेकुरा पर्छ वर्षौभरि मिठो मसिनो खान पुग्नेले यो चाडमा खानेकुरामा अझै धेरै खर्च गर्छन् चाडबाड भन्ने बित्तिकै हाम्रो पहिलो ध्यान नै खानेकुरामा जान्छ अझ सबैभन्दा ठूलो चाँड दशैँमा खानेकुराको महत्व नहुने कुरै भएन दशैँमा अरु खानेकुरा भन्दा मासुको चर्चा सबैभन्दा बढि हुन्छ अर्थात् दशैँमा सबैभन्दा धेरै खाइने चिज भनेकै मासु हो साकाहारी बाहेक सबैजसोले दशैँमा मासु खाएकै हुन्छन् हुनत नेपालीहरु विश्वमा आयको तुलनामा बढि मासु खानेमा अग्रपंक्तिमै आउँछन् चाडबाडको बेला मासुको खपत निकै चुलिन्छ चिकित्सकहरुका अनुसार मासुको सेवनमा होसियारी नअपनाउने हो भने अस्वस्थ मासुकै कारण डेढ सय भन्दा बढि प्रकारका रोगको संक्रमणको खतरा हुने बताउँछन् संक्रमित तथा राँगा, खसीबोका तथा अन्य मासुजन्य चौपायाको मासु खानुका साथै परम्परागत तथा फोहोर स्थानमा बध गर्दा समेत मासुमा विभिन्न रोगका किटाणुको संक्रमण हुन्छ त्यस्तो मासु राम्ररी नपकाइकन खाँदा मानिसमा रोगको जोखिम बढि हुन्छ धेरै दिनसम्म फि्रजमा थन्क्याएर राखेको मासु पनि खानका लागि जोखिमपर्ूण्ा हुन्छ अझ पोलेको मासु तथा छोयला, सुकुटी लगायतका परिकारले पेटको क्यान्सर लगायतका खतरा बढाउने चिकित्सकहरुको भनाइ पकाएको नपकाएको मासुका भाँडा अलग्गै राख्नुपर्ने सँगसँगै राखिएमा नपकाएको मासुका किटाणु पकाएको मासुमा संक्रमित भइ त्यसले मासु खानेको स्वास्थ्यमा असर पूराउन सक्छ विज्ञहरुका अनुसार मृगौला तथा कलेजोका रोगीहरुले मासु सेवन गर्नु हानिकारक हुन्छ स्वस्थ खसीबोका वा राँगा, कुखुरा लगायतको मासु प्रेसर कुकरमा झोलिलो बनाएर मज्जाले पकाएर खानु उपयुक्त हुन्छ बढि मासु खानु स्वास्थ्यका लागि राम्रो मानिँदैन भने धेरै दिनसम्म फि्रजमा राखेको वा भुटेर वा सुकुटी बनाएर राखेको मासु पनि संक्रमित हुने जोखिम भएकाले खानु राम्रो मानिदैन छालामा विभिन्न रोगका किटाणुहरु हुनसक्ने खतरा बढि हुने हुनाले छाला फ्याँकेको मासु खानु उत्तम हुन्छ त्यस्तैै राँगा, खसी, बंगुर जस्ता जनावरको रातो मासु भन्दा कुखुरा तथा माछा लगायतको मासु खानु उपयुक्त हुन्छ यस्तो मासुमा कोलेस्ट्रोल कम हुने भएकाले मानिसको स्वास्थ्यमा असर हुँदैन बोसोयुक्त मासुको अत्यधिक सेवनले पित्त थैलीको संक्रमण हुने खतरा हुन्छ यसरी पित्त थैलीको पत्थरी भएकाको ज्यानै जोखिममा पार्न सक्छ दशैँमा मासु, मदिरा तथा गुलियो प्रोटिनयुक्त खानेकुरा तथा घिउतेल पनि बढि खाइने भएकाले त्यो मानव सरीरको मुटुका लागि समेत हानिकारक हुने चिकित्सकहरु बताउँछन् त्यसैले मासुका साथै अन्य परिकारको सेवनमा सावधानी अपनाउने अरु समयमा जस्तै चाडबाडमा पनि सन्तुलित भोजन गर्ने हो भने दशैँ स्वास्थ्यका लागि दशा बन्नेछैन

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार