|
|
|
|
सउल । दक्षिण कोरियामा रोजगारीमा रहेका नेपालीहरु यो वर्षको दसैं मनाउने तयारीमा जुटेका छन् । फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र (माईग्रेन सेन्टर) नेपाली समुदायबीच दसैं मनाउने तयारीमा जुटेको हो । अक्टोबर १३ मा नेपालीहरुबीच सामूहिक दसैं कार्यक्रम मनाउन सेन्टरले तयारी थालेको हो । उक्त दिन विजय दशमीको शुभकामना आदान प्रदान गर्दै नेपाली परिकारका खानाको खुवाउने कार्यक्रम रहेको सेन्टरका अध्क्ष्य सुर्वण चैालागाईले बताउनुभयो । "दसैं कार्यक्रमको अवसरमा विविध सांस्कृतिक कार्यक्रमका साथमा नेपालबाट आएर कोरियामा सञ्चार र सामाजिक क्षेत्रमा राम्रो भूमिका व्यक्तित्वहरुलाई सम्मान गर्ने भएका छौं ।" अध्यक्ष्य चैालागाईले भन्नुभयो । स्थापना भएदेखि नै नेपाली समुदायको साझा संस्थाको पहिचान बनाएको फेन्तेक माईग्रेन सेन्टरले समस्यामा परेका दैनिक २४ जना बढी नेपालीहरूलाई खाने बस्ने सुविधा उपलव्ध गराउँदै आएको छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !