|
|
|
|
काठमाडौ, आश्विन २० - सामसङ मोबाइलको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आईएमएस) ले सामसङ ग्यालेक्सी नोट ३ र ग्यालेक्सी गेयर स्मार्ट वाच बजारमा ल्याएको छ । बजारमा उपलब्ध उक्त सेटमा एयर कमान्ड, एक्सन मेमो, एस फाइन्डर, पेन विन्डो लगायत सुविधा छ । यस्तै, ५.७ इन्ट फुल एचडी सुपर एमलोइड स्त्रिmन भएको मोबाइल सेटमा भिडियो हेर्दा छुट्टै मज्जा आउने कम्पनीको दाबी छ ।
नोट ३ मा ४.३ एन्ड्रोइड जिल्लीविन ओपरेटिङ सिस्टम, एनएफसी, आईआर एलईडी, २ मेगापिक्सेल फन्र्ट क्यामेरा र पछाडिको भागमा १३ मेगापिक्सेल क्यामरा छ । नोट थ्रीको बजार मूल्य ९१ हजार ५ सय रुपैयाँ तोकिएको छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !