|
|
|
|
अन्तत पार्टीलाई बारम्बार घुर्काएपछि नायक भूवन केसीलाई एमालेले प्रत्यक्षतर्फको टिकट दिएको छ । एमाले स्थायी समितीको बैठकले भूवनलाई काठमाण्डौ क्षेत्र नम्बर १ बाट उठाउने निर्णय गरेको छ ।bhuwan-kc-in-umlएमालेले सुरुमा भूवनको नाम सिफारिश गरेपनि पछि हटाएको थियो । टिकट नपाउने भएपछि भूवनले राप्रपा नेपाल प्रवेश गर्ने भन्दै एमाले पार्टीलाई घुर्काएका थिए । उनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिने भए पार्टी प्रवेश गर्ने बताएका थिए । राप्रपा नेपालले उनलाई झापाबाट उठाउने निर्णय गरेको थियो ।
तर कमल थापा जस्ता चतुर राजनीतिज्ञलाई समेत छक्काउँदै भूवनले पार्टी प्रवेश कार्यक्रममा बिरामी भएर सहभागी हुन नसकेको बताएका थिए । भूवन केसीले छक्काएपछि कमल थापाले भरत जंगमलाई काठमाण्डौ क्षेत्र नम्बर १ बाट उठाएका छन् । यसपश्चात भूवनले एमाले कार्यलयमै पुगेर आफू पार्टी प्रति बफदार रहेको बताएका थिए । पार्टीले टिकट दिएपनि नदिएपनि आफूलाई कुनै प्रवाहा नहुने प्रतिक्रिया भूवनले अनलाइनखबरसँग दिएका थिए ।
तर अन्तत उनी एमाले पार्टीको प्रतिनिधित्व गर्दै काठमाण्डौ क्षेत्र नम्बर १ बाट चुनाव लड्ने पक्का भएको छ । अब भूवन एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल र कांग्रेसका चर्चित नेता प्रकाशमान सिंहसँग भिड्ने भएका छन् । प्रतिस्पर्धी पनि त कमजोर छैनन नि भन्ने प्रश्नमा भूवनले भने, ‘बलिया प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्न नै मज्जा आउछ ।’
उनले ३ करोड जनताले सिने नगरीमा आफूलाई माया गरेर सुपरस्टार बनाएको भन्दै संविधान सभामा प्रवेश गर्ने मौका पाए देशको सेवा गर्ने बताए । उनले आफू कहिले पनि देश छोडेर बाहिर नगएको भन्दै चुनाव जितेको खण्डमा नेपाल र नेपालीको सेवा गर्ने बताएका छन् । चुनावका लागि आफ्नो एजेन्डा कस्तो हुने बिषयमा भूवनले रणनीति बनाइरहेको अनलाइनखबरलाई बताए । सिने नगरीमा विभिन्न कारणले चर्चामा आइरहने भूवनले अब चुनावमा के कस्ता हतकण्डा अपनाउने हुन् त्यो हेर्न बाँकी छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !