Headlines News :
Home » » महँगीले ढाड सेक्यो

महँगीले ढाड सेक्यो



धनगढी, २२ असोज वडा दसैंको चहलपहल बढ्दै गएका बेला मालसामानको मूल्य बढेपछि सर्वसाधारणहरु मारमा परेका छन् कैलालीको धनगढी, अत्तरिया, टीकापुर, लम्कीलगायतका बजार क्षेत्रमा दसैँका लागि मालसामान किनमेल गर्नेहरुको घुइँचो बढेसँगै कतिपय सामानको मूल्य पनि चर्को भएको स्थानीय उपभोक्ताले गुनासो गरेका छन्

बर्सेनि बढ्दै गएको महँगीले गरिबका लागि दसैँ दसाका रुपमा देखिन थालेको स्थानीय मीनबहादुर साउदले भन्नुभयो "घरमा एक जनाको कमाईले नपुग्ने भयो, दसैँ नआएको भए हुन्थ्यो जस्तो लाग्छ ।" स्थानीय बजारमा दसैँका लागि कपडा किनमेल गरिरहनुभएका साउदले दुखेसो सुनाउनुभयो— ‘‘गत वर्ष सयमा पाउने पाइन्ट यसपालि एक हजार सय पुगेको रहेछ ।’’

हुनेखाने वर्गका लागि दसैँमा रमाइलो भए पनि गरिब एवम् विपन्न वर्गका लागि दसैँ कागलाई बेल पाक्यो हर्ष विस्मातसरह बनेको अर्का उपभोक्ता मनु नेपालीले बताउनुभयो दसैँका बेला घरमा आवश्यक पर्ने खर्चपातको जोहो गर्न नसक्दा नयाँ लुगा लगाउन मीठो खान नपाइने अवस्था आएको विपन्न समुदायका व्यक्तिहरुको गुनासो रहेको
"मजदुरी गरेर भएको आम्दानीले महँगीका कारण दसैँका लागि घर खर्च धान्न धौधौ भइसक्यो ।’’ मजदुरी गरेर जीवनयापन गरिरहेका मजदुर कालुराम चौधरीले भन्नुभयो महँगी बर्सेनि बढ्दै गए पनि यसलाई नियन्त्रण गर्नेतर्फ सरकारले ध्यान नदिएको यी उपभोक्ताको गुनासो

नोकरीका लागि विदेशिएकाहरु दसैँ मनाउन घरका लागि लत्ताकपडा, गुन्टा लिएर फर्किने क्रममा सीमामा लुटिने दुव्र्यवहार खेप्नुपर्ने अर्को समस्या झेल्न बाध्य रहँदै आएका छन्

नेपाल–भारत सीमा समन्वय बैठकमा दुवै देशका समकक्षी अधिकारीहरुले सीमामा ज्यादती रोक्ने सहमति गर्ने गरेको भए पनि त्यस्तो सहमति कागज कुरामा मात्रै सीमित हुने गरेको पीडितहरु बताउँछन्

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार